
काठमाडौं । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ ।
आज शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि नयाँ भर्ना खुलाएको हो ।
सशस्त्र प्रहरीले माग गरेको पदमा आवश्यक योग्यता पुगेको व्यक्तिले साउन १३ गतेदेखि भदौ १२ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन् । इच्छुक व्यक्तिले सशस्त्र प्रहरी बल नेपालको काठमाडौं हलचोकस्थित कार्यालयमा दरखास्त बुझाउन सक्ने जनाइएको छ ।
हेर्नुहोस् विज्ञापन :

प्रतिक्रिया दिनुहोस्