१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर माधवनको ‘धोखा राउण्ड द कर्नर’ को टिजर सार्वजनिक


169
Shares

एजेन्सी । बलिउड अभिनेता आर माधवनको ‘धोखा राउण्ड द कर्नर’ को टिजर सार्वजनिक भएको छ ।

आर माधवनको फिल्म ‘रकेटरी द नाम्बी इफेक्ट’ हालै रिलिज भएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । रकेटरीको सफलतापछि आर माधवन अब सस्पेन्स थ्रिलर फिल्म ‘धोखा राउण्ड द कर्नर’ मा देखिने भएका छन् ।

‘धोखा राउण्ड द कर्नर’ फिल्मले सम्बन्धमा हुने धोकाको कथा बताउनेछ भन्ने फिल्मको टिजरबाट बुझिएको छ । कुकी गुलाटीद्वारा निर्देशित फिल्ममा आर माधवनका अलावा अपारशक्ति खुराना, दर्शन कुमार र खुशाली कुमार पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्मबाट खुशाली कुमारले बलिउडमा डेब्यु गर्दैछन् ।

यो सस्पेन्स ड्रामा फिल्म ‘धोखा राउण्ड द कर्नर’ आगामी सेप्टेम्बर २३ मा सिनेमा घरहरूमा प्रर्दशन हुँदैछ ।