१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फिल्म ‘पानीफोटो’ आजबाट देशभर प्रदर्शनमा


78
Shares

काडमाडौं । नेपाली फिल्म ‘पानीफोटो’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

अभिनेता खगेन्द्र लामिछानेद्वारा निर्देशित ‘पानीफोटो’ फिल्म शुक्रबारबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको हो ।

नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि फिल्म निर्माण गरिएको छ । जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा फिल्ममा देख्न सकिन्छ ।

फिल्ममा लेखक एवं निर्देशक लामिछाने बाहेक अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको भुमिका रहेको छ । फिल्मको काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा छायांकन भएको हो । यो फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पार्श्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्मस् ले निर्माण गरेको फिल्मको कथा लेखन खगेन्द्र स्वयंको हो ।