५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सुरू भयो एक महिने ‘गुँला’ पर्व


377
Shares

काठमाडौं । एक महिने’ गुँला’ पर्व आज शुक्रबारबाट सुरू भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म ‘गुँला’ पर्व मनाउने गर्दछन् ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ तथा ‘ला’ को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल सम्बत अनुसार नवौं महिनालाई ‘गुँला’ भन्ने गरिन्छ ।

चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म र राम्रो आचरण गरी यो पर्व मनाउने गरिन्छ ।

‘गुँला’ पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा शुक्रबार बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।

वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा बास होस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

यो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।