
काठमाडौं । गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरूङको स्वरमा रहेको ‘नजर नजरको’ बोलेको गीत सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका हुन् । त्यस्तै भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् ।
म्युजिक भिडियोमा नायक पुष्प खड्काको साथ पहिलोपटक कन्हैया सिंहकी छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छन् । उक्त गीतमा बरिष्ठ संगीतकार मनोहर सुनामको संगीत संयोजन, प्रकाश मिश्रको रेकर्डिङ रहेको छ ।
त्यस्तै, सहायक निर्देशन सुबोल थापा, सिनेमाटोग्राफर नवराज उप्रेती, सम्पादन र कलरिङ नविन निरौलाको रहेको छ ।
भिडियो :
प्रतिक्रिया दिनुहोस्