१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सम्वन्धि गोष्ठीको आयोजना


91
Shares

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूकासाथ नेपालमा दिगो आर्थिक विकासको प्रवद्र्धन गर्ने सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

बिहिबार काठमाडौंमा भएको कार्यक्रममा छलफलको विषय नेपालको व्यावसायिक वातावरण र लगानी सम्बन्धी नीतिगत पहलहरूमा केन्द्रित रहेको थियो । कार्यक्रममा उद्यमी,कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, सरकारी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले काठमाडौं स्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी संलग्नता प्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको छ । कार्यक्रममा दूतावासका कार्यवाहक राजजदूत म्यानी पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव अर्जुन पोखरेल लगायतले नेपालमा लगानीको विषयमा आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका–नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुरयाउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ बारे पनि छलफल भएको थियो।