२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


286
Shares

काठमाडौं । शेयर कारोबार हुने साताको अन्तिम दिन बजारमा दोहोरो अंकको सुधार भएको छ ।

बजारमा दोहोरो अंकको सुधार देखिएको भए पनि कारोबार रकम भने न्यून हुँदै गएको छ ।

बजार मापन गर्ने सूचक १३ दशमलव ५ अंकले बढेर परिसूचक २१४० दशमलव ५२ विन्दुमा कारोबार रोकिएको छ ।

२१५ कम्पनीको ५१ लाख १० हजार ७०० कित्ता सेयर २ अर्ब १९ करोड १३ लाख ९५ हजार ७८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिँदा जलविद्युत समूहको उपसूचक ९ दशमलव ५१, जीवन बिमा २४.०१, निर्जीबन बिमा १३ दशमलव ९२ अंकको गिरावट आएको छ ।

यस्तै बैंकिङ समूहको ३ दशमलव २८, विकास बैंक १७९ दशमलव ५८, वित्त कम्पनी १८ दशमलव २२, होटल तथा पर्यटन १२१ दशमलव ७८, उत्पादन तथा प्रशोधन ३४ दशमलव ५९, अन्य समूहको उपसूचक २४ दशमलव ९२ अंकको सुधार भएको छ ।

शुक्रबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड ८६ लाख ४९ हजार ८१२ रुपैयाँ सेयर किनबेच भएको छ ।