
तेह्रथुम । जिल्लाका पश्चिमी क्षेत्रका किसान बाँदर आतंकले हैरान भएका छन् ।
केही वर्ष अघिसम्म खेतबारीमा राम्रो आम्दानी गर्ने गरेका किसानलाई अहिले बाँदरबाट बाली जोगाउनै समस्या पर्न थालेको छ ।
अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ ।
बस्ती नजिकै जंगल रहेकाले बाँदरको हुलहरू अन्नबाली क्षति गर्ने गरेका छन् । बाँदरको त्रासकै कारण खेतीयोग्य जमिन पनि बाँझो राख्नुपरेको किसानको गुनासो छ ।
बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले कुनै उपाय नअपनाउँदा लगाएको बाली जोगाउन समस्या परेको किसानहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्