
फाइल तस्बीर
सिन्धुली । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनको सरकारले आगामी निर्वाचनलाई विभिन्न बहानाबाजीमा टार्न खोजेको आरोप लगाउनुभएको छ ।
सदरमुकाम सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले विभिन्न निर्वाचन टार्ने र साने षडयन्त्र सत्ता गठबन्धनले गरेको बताउनुभयो ।
नेता पौडेलले वर्तमान देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले विदेशीको कठपुतली बनेर देशमा वैदेशिक हस्तक्षेप बढाएको, देशलाई आर्थिक संकटमा धकेलिरहेको भन्दै श्रीलंकाको अवस्थामा पुर्याउन खोजेको आरोपसमेत लगाउनुभयो ।
पौडेलले एमाले नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न एमालेलाई विजयी गराउनसमेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्