
काठमाडौं । संसदीय विशेष छानबिन समितिका सभापति लक्ष्मणलाल कर्णले एक÷दुई जना सदस्यहरूले आलोचना गरे पनि प्रतिवेदन सही बनेको दाबी गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सभापति कर्णले समितिले सबै प्रमाणहरू जुटाएर मेहनत गरेर निस्कर्ष निकालेको बताउनुभयो ।
‘समितिले एक पक्ष रूपमा प्रतिवेदन तयार भयो भन्ने प्रतिपक्षले गरेको आलोचना कति सही छ कति गलत छ समितिको प्रतिवेदन हेरेर थाहा हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले कति मेहनत गरेर काम गरेका छौं ।’
त्यस्तै, छानबिन समिति सदस्य शक्तिबहादुर बस्नेतले सिसिटिभी फुटेज र अर्थ मन्त्रालयका कर्मचारीहरूसँग भएको छलफलको आधारमा करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेश नगरेको निस्कर्षमा समिति पुगेको बताउनुभयो ।
बस्नेतले सबै विषयमा सबै सदस्यको एउटै मत नहुने जिकिर गर्नुभयो । उहाँले समिति करका दर हेरफेर गर्ने, अनाधिकृत व्यक्ति प्रवेश गरे/नगरेको विषयमा केन्द्रित रहेको उल्लेख गर्दै त्यही उपलब्ध तथ्यका आधारमा समितिले छानबिन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्