१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि केन्द्रबाट समन्वय नभएको गुनासो


65
Shares

काठमाडौं । प्रदेश खेलकुद विकास परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि केन्द्रबाट समन्वय नभएको बताएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार बोलाएको समन्वय समितिको बैठकमा परिषदका पदाधिकारीले केन्द्रबाट आवश्यक समन्वय नहुदाँ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समस्या भएको गुनासो गरेका हुन् ।

नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा छलफल गर्न संघीय सरकारका खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सातै प्रदेशका खेलकुद तथा सामाजिक विकास मन्त्री, प्रदेश खेलुकदका सदस्य सचिव, मन्त्रालयका सचिव, राखेपका उपाध्यक्ष, सदस्य सचिवको बैठक बोलाएका थिए ।

राखेपको आइतबार बस्ने बोर्ड बैठक अघि मन्त्री गहतराजले नवौंको तयारीको सन्दर्भमा प्रदेश सरकारसँग छलफल गरेका हुन् । उनले प्रदेश र जिल्लामा निस्क्रिय अवस्थामा रहेका कर्मचारीलाई नवौं राष्ट्रिय खेलकुदमा सक्रिय रुपमा काममा लगाउन निर्देशन दिएका छन् ।