
काठमाडौं । चन्द्रागिरी केबलकार व्यवस्थापन समितिले चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताउनुभयो ।
केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना केबलकार चढ्दा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरी केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यान गएको बताउनुभयो ।
आम नागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको उहाँको बुझाइ छ । केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने बताउनुभयो ।
बत्ती जाँदा केबलकार रोकिन सक्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउनसक्ने बताउनुभयो ।
अध्यक्ष ढकालले केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भए पनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
उहाँले केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी भएकोले ढुक्क भएर यात्रा गर्न आग्रह गर्नुभयो । केबलकारमा कुनै पनि हिसावले सुरक्षामा कन्जुस्याईं नगरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष ढकालले नेपालमा केबलकारको कुनैपनि घटना हुनु भनेको विश्वको २० हजार र विश्वमा केबलकार उद्योगमा नै प्रश्न उठ्ने कुरा भएको हुँदा सुरक्षामा हेलचेक्राईं नरहेको स्पष्ट पार्नुभयो ।
सामान्यतयाः विद्युत आपुर्ति बन्द भएको अवस्थामा, पानी, चट्याङ परेको अवस्थामा केवलकार कहिलेकाहीँ अचानक बन्द हुनेगर्छ । चन्दागिरीमा अहिले ३८ ओटा गण्डोला सञ्चालनमा छन् ।
भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्दागिरीबाट काठमााडौं उपत्यका नियाल्न दैनिक हजारौँ मानिस चन्द्रागिरी पुग्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्