
काठमाडौंं । युरोकप महिला फुटबलको फाइनलमा आज आइतबार जर्मनी र इंग्ल्याण्ड भिड्दैछन् ।
यो खेल इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा नेपाली समय अनुसार आइतबार राति पौने ११ बजे सुरु हुनेछ ।
आयोजक इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको उपाधि जित्ने अभियानमा रहेको छ । तर इंग्ल्याण्डको इतिहास रच्ने बाटोमा जर्मनीको तगारो छ ।
८ पटकको युरोपियन च्याम्पियन जर्मनी महिला फुटबलमा युरोपको सबैभन्दा सफल टोली हो । जारी प्रतियोगितामा पनि जर्मनीले फाइनलसम्म प्रवेश गर्न शानदार प्रदर्शन गरेको छ ।
सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई २–१ ले तथा इंग्ल्याण्डले स्विडेनलाई ४–० ले हराउँदै फाइनलमा पुगेका हन् ।
यी दुई टोली अन्तिम पटक सन् २००९ को युरोकप फुटबलको फाइनलमा भिड्दा जर्मनीले इंग्ल्याण्डलाई ६–२ ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्