२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


भारतमा कोरोना संक्रमण दर तीव्र

गत २४ घण्टामा २० हजार बढी संक्रमित, ४४ जनाको मृत्यु

169
Shares

काठमाडौं । भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएकाे भारतीय स्वास्थ्य मन्त्रालयको जनाएकाे छ । साेही अवधिमा एकै दिनमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ४ करोड ४० लाख १ सय ३८ जना कोरोना भाइरसबाट संक्रमित भएको छ ।

जसमध्ये १ लाख ४३ हजार ३ सय ८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएकाे छ। पछिल्लो समय भारतमा दैनिक रुपमा नयाँ संक्रमितहरूको संख्या र सक्रिय संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ५ लाख २६ हजार ३ सय १२ पुगेको मन्त्रालयले जनाएकाे छ।