
Web Pic
काठमाडौंं । ललितपुरको बालकुमारीमा शनिबार राति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ३१ वर्षीय आशिष लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिएर जिप चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्