४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


बिग बोसको १६ औं संस्करण छिटै सुरू हुँदै

'सलमानले मागे १ हजार करोड पारिश्रमिक'

182
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खानले होस्ट गर्दै आएको रियलिटी शो बिग बोसको १६ औं संस्करण चाँडै सुरू हुने भएको छ । सलमानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन् ।

यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । हरेक वर्ष सलमान शो मा पारिश्रमिक बढाउँदै आइरहेका छन् । तर, यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए । ‘बिग बोस १५’ होस्ट गर्नको लागि ​सलमानले ​३५० करोड भारतीय रूपैयाँ लिएका थिए ।

अहिले आएर ओभरसीज सेन्सर बोर्डका सदस्य उमेर सन्धुले आफ्नो ट्वीटमा सलमानले ‘बिग बोस १६’ का लागि ८०० करोड भारतीय रूपैयाँ पारिश्रमिक लिने सम्झौता भएको दाबी गरेका छन् ।

कार्यक्रममा सहभागी हुने प्रतियोगीहरुको बारेमा पनि केही नामहरू बाहिर आएका छन् । जसका अनुसार यो सूचीमा दिव्यांका त्रिपाठीको नाम पनि परेको छ । भारतीय सञ्चार माध्यामका अनुसार दिव्यांकालाई शोको लागि अप्रोच गरिएको छ ।

यससँगै दिव्यांका र निर्माताबीच शोलाई लिएर कुराकानी पनि भइरहेको छ । यसबाहेक जन्नत जुबैर, शिवांगी जोशी र माही विजको नाम पनि चर्चामा छ । यद्यपि यसबारे आधिकारिक जानकारी भने आएको छैन ।