२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला


377
Shares

बर्दिया । बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

गत शुक्रबारदेखि बेपत्ता भएका राजापुर नगरपालिका-४ का २२ वर्षीय बुसाखि खानको शव भारतको बहराइच जिल्ला स्थित कैलाशपुरी ब्यारेजमा तैरीरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

युवकको शव भारतीयको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ । गर्मी छल्न कर्णाली नदीमा शुक्रबार दिउँसो नुहाउन गएका बेला खान बेपत्ता भएका थिए । ३ साता अघि सोही नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको थियो ।