२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकामा बाढीमा परेर २५ जनाको मृत्यु, १२ बढी बेपत्ता


481
Shares

काठमाडौं । अमेरिकाको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका ४ चार जना बालबालिकासहित २५ जनाको मृत्यु भएको छ ।

साेही बाढीमा परी १२ जना भन्दा बढी बेपत्ता भएका हुन् । केही क्षेत्रमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको संख्या बढ्नसक्ने बताउनुभएकाे छ । उहाँले बाढीका कारण बिजुली आपूर्तिमा समेत अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन भएकाे बताउनुभएकाे छ ।

उहाँले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धार तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताउनुभयाे । बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर गरेको उहाँले बताउनुभएकाे छ ।

साथै वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले ६ वटा काउन्टीमा आपत्काल घोषणा गर्नुभएकाे छ । पूर्वी केन्टकीका केही क्षेत्रमा आइतबार पनि बाढीको चेतावनी दिइएको छ । मौसम पूर्वानुमान सेवाले उक्त क्षेत्रका नदीनालामा जलसतह बढ्ने भविष्यवाणी समेत गरेको छ ।