
काठमाडौं । संघीय गणतन्त्र ब्राजिलको लागि नेपाली आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलको राजदूतमा काफ्लेलाई नियुक्त गर्नुभएको हो । काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो ।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्