
काठमाडौं । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
सम्बन्धित मजदुर, ऊखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्यहरूले चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सरिताकुमारी गिरीले ऊखुको मूल्य निर्धारण गर्दा सरकारले ऊखु किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाउनुभयो ।
समितिका अर्का सदस्य लालप्रसाद साँवा लिम्बुले पनि चिनी मिल बन्द हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्