१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इंग्ल्याण्डलाई पहिलो पटक युरोकप महिला फुटबलको उपाधि


182
Shares

काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी इल्ला टुनेले पहिलो गोल गरेकी थिइन् ।

७९ औं मिनेटमा जर्मनीकी लिना म्यागलले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा सब्स्टीच्युट खेलाडी क्लोए केलीले इंग्ल्याण्डको लागि निर्णायक गोल गरेकी हुन् ।

जितसँगै इंग्ल्याण्डले सन् १९६६ को पुरुष विश्वकपपछि पहिलो मेजर फुटबल उपाधि हात पारेकाे छ । त्यतिबेला पनि फाइनलमा तत्कालिन पश्चिम जर्मनीलाई हराउँदै इंग्ल्याण्डको पुरुष टोलीले विश्वकप फुटबल जितेको थियो ।