
काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ ।
बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहितकाे लेदो खसिरहेको छ ।
सडकखण्ड अवरूद्ध हुँदा दुवैतर्फका सवारी साधनबीचमै रोकिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ ।
निरन्तर पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीशहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्