९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


156
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ९ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ हजार ६ सय ८५ जनाको पीसीआर र २ हजार २ सय २४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।