१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेश प्रदेशद्वारा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज


78
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशनालय खारेज लगायतका तीन निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको छ ।

यस्तै, सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय पनि भएको मन्त्री साहले बताउनुभयो ।