८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकी अभिनेत्री निचेलको निधन


117
Shares

एजेन्सी । अमेरिकी अभिनेत्री निचेल निकोल्सको ८९ वर्षको उमेरमा निधन भएको छ ।

निचेलको मृत्यु भएको उनको छोरा काइल जोनसनले पुष्टि गरेका बीबीसीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो आमाको निधन भएको बताएका हुन् ।

निचेललाई सन् १९६० मा टेलिभिजन शृङ्खलामा लेफ्टिनेन्ट उहुराको रूपमा कास्ट गरिएको थियो, जसलाई एक सक्षम र उच्च स्तरको सञ्चार अधिकारीको रूपमा चित्रित गरिएको थियो ।

उनले एक अभिनेत्रीको रूपमा काम गर्नुका साथै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि राजदूत पनि भएर काम गरिन् जसले महिला र अल्पसंख्यकहरूलाई अन्तरिक्ष कार्यक्रममा सहभागी हुन मद्दत गर्यो। उनको मृत्यु पश्चात धेरै कलाकारहरूले सामाजिक सञ्जालमार्फत उनलाई सम्झिरहेका र शोक व्यक्त गरिरहेका छन् ।