१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ चितवनमा सम्पन्न


65
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न गरेको छ ।

सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत २ सय ३० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सञ्चालक बिमल प्रसाद ढकालले सम्मेलनको उद्घाटन गर्दै कर्मचारीहरूलाई आम नागरिकको आशा र विश्वास जितेर काम गर्न निर्देशन दिनुभयो ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको सम्मेलनमा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखाहरूलाई पुरस्कृत पनि गरिएको थियो ।