
काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ ।
चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएका कारण सोमबार रातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका–२९ केराबारी, १७ किलो र ईच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ । जसका कारण बिहीबार रातिदेखि नै सवारी आवागमन रोकिएको छ ।
पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० तिङ्ग्राङ खानीमा आज मंगलबार बिहानै पहिरो खस्दा सवारी आगावमन अवरुद्ध भएको छ । मंगलबार बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ ।
धादिङकै धुनिबेशी नगरपालिका–९ मा निमार्णाधीन सुरुङमार्ग नजिकै सोमबार राति खसेको पहिरो पन्छ्याइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एकतर्फी चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्