
एजेन्सी । बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज हुनुअघि नै चर्चामा छ । फिल्म ‘लाल सिंह चड्ढा’ लाई सामाजिक सञ्जालमा मानिसहरूले बहिष्कार गर्न माग गरि रहेका छन् । सामाजिक सञ्जालमार्फत मानिसहरूले हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक ‘लाल सिंह चड्ढा’ लाई नहेर्न र बहिष्कार गर्न अनुरोध गरिरहेका छन् ।
यसैबीच आमिर र करिनाले लाल सिंह चड्डाको ट्रेन्डलाई लिएर प्रतिक्रिया दिएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा करिनाले भनिन्, ‘आजकाल सबैले आफ्नो विचार राख्न सक्छन् तर राम्रो फिल्मले जे पनि गर्न सक्छ भन्ने विश्वास छ । आजकल बिचार व्यक्त गर्ने धेरै माध्यामहरू छन् । त्यहि प्लेटफर्महरू मार्फत मानिसहरूले आफ्नो बिचार राख्छन् । तपाईंले केहि चीजहरूलाई बेवास्ता गर्न सिक्नु पर्छ। यदि तपाईंले यसो गर्नुभएन भने जीवन जिउन गाह्रो हुनेछ। त्यसैले म यी कुराहरूलाई गम्भीरतापूर्वक लिन्न ।’
त्यस्तै, आमिरले पनि आफ्नो एक अन्तर्वार्तामा आफ्नो फिल्म बहिष्कारको नगर्न अपिल गरेका छन् । एक प्रश्नको क्रममा आमिरले भने, ‘मानिसहरूले मलाई भारत मन पर्दैन भन्ने लाग्छ । तर, पटक्कै त्यस्तो होइन । मलाई नराम्रो लाग्छ कि मानिसहरूले मेरो फिल्म बहिष्कार गरे । कृपया मेरो फिल्म बहिष्कार नगर्नुहोस्, मेरो फिल्म हेर्नुहोस् ।’
‘लाल सिंह चड्ढा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो, जुन ११ अगस्टमा हलमा रिलिज हुँदैछ । तर रिलिज हुनुअघि नै यो हलचलको फिल्ममा कति असर पर्छ त्यो भने फिल्म रिलिजपछि मात्र थाहा हुनेछ ।
यसमा करिना बाहेक आमिर खान र मोना सिंहको पनि अभिनय रहेको छ । साउथ अभिनेता नागा चैतन्य पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्