१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !


2.977k
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।