२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नारायणी नदीको जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह


130
Shares

काठमाडौं । चितवनको नारायणी नदीको जलसतह सतर्कता तह नजिक पुगेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७ दमशलव ३ मिटर नजिक पुगेपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको छ ।

महाशाखाले जलसतह बढ्ने क्रम निरन्तर बढिरहेको समेत जनाएको छ । पछिल्लो समय कास्कीको पोखरा आसपास र नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा निकै भारी वर्षा मापन भएको थियो ।