१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अदालतबाट ९० लाख रुपैयाँ जरिवाना ठहर भएका थापा पक्राउ


897
Shares

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ९० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ९० लाख रुपैयाँ जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भएर पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका थापालाई ९० लाख रुपैयाँ भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।