
काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमले आगामी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने भएको छ ।
टी–ट्वान्टी विश्वकप अघि ७ टी–ट्वान्टी आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेको हो ।
इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।
पाकिस्तान क्रिकेट बोर्डले ७ टी–ट्वान्टी आई सिरिज खेलको तालिका मंगलबार सार्वजनिक गरेको छ ।
२० सेप्टेम्बरदेखि सुरु हुनेछ । दुई अक्टोबरमा सातौं खेल सकिने छ ।
टी–ट्वान्टी विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्