१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


182
Shares

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

उपचारको लागि अस्पताल पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।