१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते


52
Shares

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर के.सी.को घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमै सवार अन्य २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माझफाल डोल्पाले जनाएको छ ।