
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
लघुवित्तले जारी पूँजी २ करोड ७ लाख रुपैयाँको ३९ प्रतिशतले हुन आउने ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत १२ हजार ५०० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९ लाख १३ हजार ७५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म आईपीओ निष्कासन खुल्ला रहने छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्