
Web Pic
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पुनर्वास नगरपालिका–५ का ५३ वर्षीय गोपाल आचार्यको मृत्यु भएको हो ।
धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा आचार्यको मृत्यु भएको प्रहरी चौकी परासन कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्