८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना


494
Shares

काठमाडौं । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।