१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा करेन्ट लागेर तीनको मृत्यु


247
Shares

काठमाडौं । सप्तरीको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिकामा बुधबार राति करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रेहका छन् । उनीहरु ससुरा–बुहारी हुन् ।

सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ५६ वर्षीय शिवशंकर साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनको चापाकलमा जोडिएको मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।