
काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार ल्याटिन अमेरिकी देशले संयुक्त प्रस्ताव गरेका छन् ।
लेटिन अमेरिकी देशहरु अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी पेस गरेका हुन् ।
सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करण आयोजना गरेको उरुग्वे शताब्दी उत्सवमा विश्वकप फर्काउन चाहन्छ ।
विश्वकपको पहिलो फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै उरुग्वेले उपाधि उचालेको थियो ।
विश्वकप आयोजना दावी गर्ने अन्य मुलुकहरुमध्ये चिलीले सन् १९६२ मा र अर्जेन्टिनाले १९७८ मा विश्वकप आयोजना गरेका थिए ।
२०३० को विश्वकप फुटबल आयोजना गर्न युरोपेली देशहरु स्पेन र पोर्चुगलले पनि संयुक्तरुपमा प्रस्ताव गरिसकेका छन् ।
यस पटकको विश्वकप फुटबल यही नोभेम्बर र डिसेम्बर महिनामा कतारमा आयोजना हुनेछ । त्यसको चार वर्षपछि सन् २०२६ को विश्वकप फुटबल भने अमेरिका, मेक्सीको र क्यानाडाले संयुक्तरुपले आयोजना गर्दैछन् ।
फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्