१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा आमिरको हात रहेको कंगनाको आरोप


6.136k
Shares

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले सामाजिक सञ्जालमा फिल्म ‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा अभिनेता आमिर खनानको हात रहेको आरोप लगाएकी छन् ।

आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण चर्चामा छन् । कतिपयले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । यसमा आमिरले आफू भारतलाई माया गर्ने भएकाले दर्शकले साथ दिने र बहिष्कार नगर्नेमा आफू ढुक्क रहेको बताएका छन् । सामाजिक सञ्जालमा फिल्मलाई बहिष्कार गर्ने कुरा र आमिरको यस्तो भनाइपछि फिल्म बहिष्कारको मास्टरमाइन्ड आमिर खान रहेको कंगनाले दाबी गरेकी छन् ।

कंगनाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन, ‘मलाई लाग्छ फिल्म ‘लाल सिंह चड्ढा’ को बारेमा सबै नकारात्मक कुरा मास्टर माइन्ड आमिर खानले नै सुरू गरेका हुन् । यो वर्ष अहिलेसम्म कमेडी फिल्मको सिक्वेल बाहेक कुनै पनि फिल्म हिट हुन सकेको छैन ।’

कंगनाले अगाडि लेखेकी छन्, ‘भारतीय संस्कृतिसँग सम्बन्धित दक्षिण भारतीय फिल्महरूले मात्र राम्रो काम गरिरहेका छन् वा ती फिल्महरू जसमा स्थानीय स्वाद छ । हलिउड रिमेक फिल्मले राम्रो प्रदर्शन गर्दैन । तर, भारतलाई असहिष्णु भन्छन् भने हिन्दी फिल्मकर्मीहरूले दर्शकलाई बुझ्नुपर्छ ।’

कंगनाले यो हिन्दु वा मुस्लिम हुनुको कुरा नभएको भन्दै फिल्मलाई धर्म वा विचारधारासँग जोड्न बन्द गर्न सुझाब दिएकी छन् ।

आमिरले केही वर्षअघि देशमा बढ्दो असहिष्णुतालाई लिएर प्रतिक्रिया दिएका थिए । देशको वातावरण निकै खराब भएकाले पहिलो पटक आफ्ना सन्तानलाई लिएर डर लागेको उनले बताए । यसै क्रममा उनले यो पनि भनेकी थिइन् कि आफ्नी पूर्व पत्नी किरणले उनलाई भारत छोड्नुपर्छ कि समेत भनेकी थिइन् किनकी किरणलाई आफ्नो सन्तानको सुरक्षाको डर थियो ।

आमिरको फिल्म ‘पीके’ लाई लिएर केही मानिसहररू आक्रोशित भएका थिए । उनीहरूले आमिरले फिल्ममा भगवानको मजाक उडाएको र हिन्दू धर्मको अपमान गरेको आरोप लगाएका थिए ।

त्यस्तै उनले कार्यक्रम ‘सत्यमेव जयते’ मा शिवको मूर्तिमा २० रूपैयाँको दूध चढाउनुभन्दा भोको बच्चालाई खुवाउनु राम्रो हुने बताएका थिए । यो विषयले पनि निकै विवाद निम्त्यायो ।

यसैबीच अहिले केही दर्शकले ‘लालसिंह चड्डा’ मा पैसा खर्च गर्नुभन्दा गरिब बालबालिकालाई खुवाउनु राम्रो हुने भन्दै फिल्म बहिष्कार गर्ने बताउँदै आएका छन् ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ लाई दर्शकले बहिष्कारका गर्न माग गर्नुमा आमिरको यस्तै प्रतिक्रियाहरू कारण बनेका छन् ।