
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि घटेको छ ।
बिहीबार बजार मापन गर्ने सूचक ३८ दशमलव ६१ अंकले घटेर परिसूचक २१४८ दशमलव १६ बिन्दुमा रोकिएको छ । यसदिन इन्डेक्स मात्रै नभएर कारोबार रकम समेत घटेको छ ।
२१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।
बैंकिङ समूहको २० दशमलव ६, विकास बैंक १०० दशमलव ५०, वित्त कम्पनी ५८ दशमलव २५, जलविद्युत ५८ दशमलव ७, जीवन बीमा १६७ दशमलव ८३, उत्पादन तथा प्रशोधन समूहको ७१ दशमलव ८५, माइक्रोफाइनान्स समूहको ८० दशमलव ६१, निर्जीबन बिमा समूहको उपसूचक ४८ दशमलव १३ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आएपनि बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्