१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


निर्वाचन सम्पन्न गराउन आयोग सक्षम छ : प्रवक्ता शर्मा

शुक्रबारदेखि मतदाता नामावली संकलन रोकिने

390
Shares

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गर्न सक्षम रहेको जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आन्तरिक तयारी गरिरहेको अवस्थामा सरकारले तोकेको समयमा निश्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

निर्वाचन घोषणा गर्नको लागि १ सय २० दिन अवधि दिनुपर्ने भए पनि सरकारले दिएको १ सय ७ दिनमा निर्वाचन गराउने आयोगलाई कुनै अप्ठ्यारो नपर्ने उहाँले बताउनुभयो ।

शर्माले शुक्रबारदेखि नै मतदाता नामावली संकलन प्रक्रिया रोक्ने जानकारी गराउनुभयो । पत्रकार सम्मेलन अहिले पनि जारी छ ।