
काठमाडौं । मोहन वैद्य ‘किरण’को नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’को नेकपा बहुमतले पार्टीबीच एकता गर्ने सहमति भएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव वैद्य र बहुमतका संयोजक बास्तोलासहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति भएको हो ।
आज शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय संयोजन समिति गठन पनि गरेको एक नेताले जानकारी दिनुभयो ।
संयुक्त रुपमा वक्तव्य जारी गर्दै वैद्य र बाँस्तोलाले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता/कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्