१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकामा चट्याङ लागेर ४ जना घाइते


91
Shares

काठमाडौं । अमेरिकामा चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिक भएको घटनामा २ पुरुष र २ महिला घाइते भएका हुन् । अमेरिकामा केही दिनदेखि जारी भारी वर्षा र आँधीकाबीच चट्याङ लागेको हो । वासिङटनडिसीको लाफेएक पार्कमा भएको घटनापछि सोही क्षेत्र सिल गरिएको छ ।

अमेरिमा वर्षेनी आउने आँधी सामान्य भएपनि चट्याङ लागेर घाइते हुने घटना भने दुर्लभ हो । अमेरिकाको राष्ट्रिय मौसम सेवाले आँधी केही दिन जारी रहने भन्दै सबैलाई सचेत रहन अपील समेत जारी गरेको छ ।