
एजेन्सी । भारतीय मिस युनिभर्स हरनाज कौर सन्धु विरूद्ध चण्डीगढ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
अभिनेत्री उपासना सिंहले बिहीबार हरनाजविरुद्ध मुद्दा दायर गरेकी छन् । उपासनाले आफूले एउटा फिल्म निर्माण गरेको जसमा हरनाजले नायिकाको भूमिका गरेकी थिइन् । तर, हरनाज २०२१ मिस युनिभर्स बनेपछि फिल्म प्रमोसनमा नगई फोन बन्द गरिन् ।
उनीहरूसँग हरनाजविरुद्ध थुप्रै प्रमाणहरू पनि छन् । दायर मुद्दा अनुसार सन् २०२० मा हरनाजले फेमिना मिस इन्डिया पञ्जाबको उपाधि पनि जितेकी थिइन् । त्यस क्रममा उनले सन्तोष इन्टरटेनमेन्ट स्टुडियो एलएलपीसँग सम्झौता गरेकी थिइन् ।
यो स्टुडियो उपासना सिंहले सञ्चालन गरेकी थिइन् । उपासनाका अनुसार हरनाजले ‘बाई जी कुटांगे’ नामको पञ्जाबी फिल्म अभिनय गरेकी थिइन् । यसमा हरनाजले मुख्य भूमिका निभाएकी थिइन् । सम्झौता अनुसार फिल्मको प्रचारप्रसारका लागि कलाकार उपलब्ध गराउनु पर्ने थियो । तर, मिस युनिभर्स बनेपछि हरनाजले सम्झौता तोडिन् । उनले फिल्मका कलाकार र टोलीबाट आफूलाई टाढै राखिन् ।
‘मैले मेरो छोरालाई यो फिल्मबाट लन्च गर्ने सोच बनाएको थिए तर, हरनाजको सम्पर्क नहुँदा मलाई ठूलो घाटा भएको छ ।’ भन्दै उपासना हरनाजविरुद्ध चण्डीगढ अदालतमा मुद्दा दायर गरेकी छन् । फिल्मका निर्देशक समीप कङ र निर्माताले पनि हरनाजसँग सम्पर्क गर्ने प्रयास गरे पनि असफल भएको बताए ।
२७ मे २०२२ मा रिलीज गर्ने भनिएको फिल्म १९ अगस्टमा सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्