
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडाैंमा भएकाे एक कार्यक्रममा मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उहाँकाे भनाइ छ ।
मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुन जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताउनुभयो। कृषिमा विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताउँदै उहाँले पर्यटक भित्र्याउने गरी काम गर्न पनि आग्रह गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्