१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै


130
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जानुुहुने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार खड्काको भ्रमणतालिका साउन २४ देखि २६ गतेसम्म रहेको छ ।

साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ ।

त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नुहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँ साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

पछिल्ला ४ वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङसहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण भएका छन् । २०७८ चैत ११–१३ मा चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्नुभएको थियो ।

उक्त भ्रमणमा नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको थियो । त्यसपछि हालै मात्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले ४ दिने भ्रमण गर्नुभएको छ ।