२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीनलाई ताइवानकाे चेतावनी- ‘राष्ट्रिय सुरक्षाका लागि कडा सैन्य कारबाही गरिन्छ’


3.666k
Shares

एजेन्सी । ताइवानले चीनको सैन्य अभ्यासको आलोचना गर्दै राष्ट्रिय सुरक्षाको लागि सेनाले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

त्यहाँको रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चीनको जहाज र विमानले ताइवानको जल र वायु सीमा उल्लंघन गरेको भन्दै राष्ट्रिय सुरक्षाको लागि सैन्य कारबाही गर्ने चेतावनी दिएको हो ।

चीनको विमानले ६८ पटक वायु सीमा उल्लंघन गरेको ताइवानी मन्त्रालयले जनाएको छ । चीनको सैन्य अभ्यासले ताइवानको शान्ति र यथास्थितिलाई गम्भीर रूपले नोक्सान पुर्याएको मन्त्रायलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चिडिएको चीनले ताइवान आसपास सैन्य अभ्यास सुरु गरेको छ । यसै क्रममा उसले कयौं मिसाइल प्रहार गरेको छ । यो क्रम आइतबारसम्म जारी रहने बीबीसीले जनाएको छ ।

चीनले प्रहार गरेको केही मिसाइल जापानको आर्थिक क्षेत्रमा समेत खसेको छ । यस विषयमा उसले चीनसँग आपत्ति पनि जनाइसकेको छ ।

तर, नियमित प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रायलकी प्रवक्ता हुआ चुनयिङ्गले यसबारेमा कुनै पनि टिप्पणी गरेकी छैनन् । यसबारेमा आफूले केही प्रतिक्रिया नदिने र पेलोसीले अहिलेको स्थितिलाई भड्काएको बताइन् ।

चीनले अहिले गरिरहेको हरेक कदम आवश्यक र उचित रहेको उनको भनाइ छ ।