
Web Pic
काठमाडौं । काठमाडौंको कोटेश्वरमा शुक्रबार राति सडक छेउमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भक्तपुरको चारदोबाटो बस्ने मकवानपुरको बकैया गाउँपालिका–४ की ३६ वर्षीया भुमिका आलेमगरको मृत्यु भएको हो ।
सडक छेउमा रोकी राखेको बा ३ ख ८०१६ नम्बरको ट्रिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा घाइते भएकी उनको उपचारको क्रममा माइतीघर स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकल चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखाको बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका छन् । उनको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्