
web pic
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा शुक्रबार राति ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
अनटेष्ट लेखिएको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट नालीमा खस्दा ट्याक्टर चालक स्थानीय ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्